मुख्य समाचारविश्वसमाचार

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भारतको नयाँदिल्लीमा सुरु

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भारतको नयाँदिल्लीमा सुरु

[mashshare]

माघ,२ काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भारतको नयाँदिल्लीमा सुरु भएको छ ।

भारतकोहैदरावाद हाउसमा तीन दिनसम्म चल्ने भनिएको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने समेत बताइएको छ ।

बैठक सुरुहुनु भन्दा अघि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्नु भएको थियो ।

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली भारतमा जानुभन्दा अगाडि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपाल र भारत सीमासम्बन्धी विषयमा पनि बैठकमा छलफल हुने उल्लेख गरिएको थियो । तर भारतले सीमा सम्बन्धी विषयमा छलफल नगर्ने संकेत गरेको छ । बैठकको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तव भने, ‘सीमा विवादको बारेमा हाम्रो पोजिसन स्पष्ट छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएर मन्त्री ज्ञवाली शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close