Home > मुख्य समाचार > नेपालको दोस्रो लामो पुल उद्घाटन गरे प्रधानमन्त्री ओलीले

नेपालको दोस्रो लामो पुल उद्घाटन गरे प्रधानमन्त्री ओलीले

चुनमणी शर्मा (दाङ)

माघ १३ / प्रधानमन्त्री ओलीले दाङको गढवामा अवस्थित नेपालको दोस्रो लामो पुलको १२ गते  सोमबार उद्घाटन गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले दाङ देउखुरीको राप्ती नदी निर्मित नेपालको दोस्रो लामो पक्की पुल उद्घाटन गरेका छन् । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुल प्रधानमन्त्री ओलीले सोमबार मध्याह्न उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा नेकपा ओली समूहका नेता, पत्रकार, सुरक्षाकर्मी र निर्माण कम्पनीका प्रतिनिधिमात्र सहभागी भएका थिए ।।

यसअघि २०७३ मंसिर २२ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सो पुलको शिलान्यास गर्न जाँदा तत्कालीन एमालेका कार्यकर्ताहरूले दाङ बन्द आह्वान गरेका थिए ।

यो नेपालको दोस्रो लामो पक्की पुल हो । नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ । ‘गेरुवा पुल’ पनि भनिने उक्त पुलको लम्बाइ १ हजार १५ मिटर छ । राप्ती र गेरुवा दुवै पुल एएनके लुम्बिनी वाइपी जेभीले पूर्वनिर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *