मनोरन्जनसमाचार

गायक जोसेफ शाहीको देउडा “पियारी’ सार्वजनिक (भिडियोसहित)

गायक जोसेफ शाहीको देउडा “पियारी’ सार्वजनिक (भिडियोसहित)

[mashshare]

युवा गायक जोसेफ शाही ठकुरीको देउडा शैलीको गीत ‘पियारी’ सार्वजनिक भएको छ । लाइमलाइट नेपाल युट्युव च्यानलबाट बिहिबार गीतको भिडियो सार्वजनिक गरिएको हो । जोसेफकै शब्द तथा कोशिष क्षेत्रिले संगीत र उदयराज पौडेलको संगीत संयोजन अनी श्यामश्वेत रसाइलीको ध्वनी सम्पादन रहेको गीत ‘पियारी’ प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो ।

गरिबीको मारमा विकल्प बिहिन हुँदा धन कमाउन विदेश गएको एक परदेशीले आफ्नी धर्मपत्नीलाई सम्झाइरहेको मर्म परक कथाबस्तु गीतमा भेटिन्छ । दिवंगत अभिनेता श्रृकृष्ण श्रेष्ठको क्यारिकेचर गरेर एकाएक चर्चामा आएका कलाकार प्रकाश चन्द, सरस्वति फुयाँल, रत्न डंगोल, रामहरी थापा र रञ्जित मगरको भिडियोमा अभिनय हेर्न सकिन्छ । चक्रबहादुर बरालको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियो निर्देशन देवेन्द्र कँवरले गरेका हुन् । भिडियो हेर्नुहोस् :

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close