कोरोनाविरुद्धको खोपको सफल परीक्षण लगत्तै सुनको भाउमा एकैदिन तोलामा ३ हजार ४ सय रुपैयाँ घट्यो

पाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज एकैदिन तोलामा ३ हजार ४ सय रुपैयाँ घटेकाे छ ।महासंघका अनुसार आज तोलामा सुन ३ हजार ४ सय रुपैयाँ घटेर ९४ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।
हिजो तोलामा सुन ९८ हजार २ सय रुपैयाँ थियो । यस्तै आज तेजावी सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । हिजाे तेजावी सुन ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।सुनको भाऊ यसरी घट्नुमा अन्तर्राष्ट्रिय बजारमा कोरोनाविरुद्धको खोपको सफल परीक्षण हुनुलाई प्रमुख कारण मानिएको छ ।
अमेरिकी–जर्मन स्वास्थ्य विज्ञले निर्माण गरेको खोप ९० प्रतिशत प्रभावकारी देखिएको खबरसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट देखिएको हो । यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको हो ।यसैबीच, आज चाँदी पनि तोलामा ६० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भएको छ । हिजो तोलामा १२ सय ७५ रुपैयाँ थियो ।