Home > विश्व > कुनै पनि देशका कम्युनिस्ट पार्टीको सदस्यले अमेरिकामा स्थायी बस्न नपाउने

कुनै पनि देशका कम्युनिस्ट पार्टीको सदस्यले अमेरिकामा स्थायी बस्न नपाउने

अमेरिकाले आफ्नो देश मा बस्ने आप्रवासी नियम परिवर्तन गरेको छ ।आप्रवासी नियममा गरिएको नयाँ परिवर्तनसँगै अब कम्युनिष्ट पार्टीका सदस्य वा सो-सरहको पदमा रहेकाहरुले अमेरिकाको स्थायी बसोवासको अनुमति र नागरिकता नपाउने भएका छन् ।

गत शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले जारी गरेको घोषणा अनुसार अमेरिकाको राष्ट्रिय सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै यस्तो घोषणा गरिएको यूएससीआईएसले बताएको छ ।यसअघि अमेरिकाको संसद्ले पारित गरेको सुरक्षाको नियम अनुसार नै आप्रवासी नियममा परिवर्तन गरिएको हो । यूएससीआईएसले सार्वजनिक गरेको विज्ञप्तिमा कुनै पनि कम्युनिष्ट पार्टीका वा निरंकुश पार्टीसँग आबद्ध भएका मानिसले अमेरिकामा आप्रवासीको रुपमा आवेदन दिन नसक्ने उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *