मुख्य समाचारराजनितीसमाचार

उपप्रधानमन्त्री पोखरेललाई कालोझण्डा, गाडी तोडफोड, पाँच घाइते

उपप्रधानमन्त्री इश्वर पोखरेललाई कालोझण्डा, गाडी तोडफोड, पाँच घाइते

[mashshare]

काठमाडौं १९ माघ नुवाकोटमा नेकपा ओली समूह र पुष्प कमल दाहाल ‘प्रचण्ड’–माधव कुमार नेपाल समूहबीच झडप भएको छ । झडपमा प्रचण्ड –नेपाल समूहका ५ जना कार्यकर्ता  घाइते भएका छन् ।

ओली समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न उपप्रधानमन्त्री इश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, प्रधानमन्त्रीका सल्लाहकार बिष्णु रिमाल नेता नुवाकोट पुगेका थिए ।

उपप्रधानमन्त्री इश्वर पोखरेलसँगै आएको एउटा गाडी झडपका क्रममा  तोडफोड गरिएको छ । तोडफोडबाट गाडीको शिशा फुटेको छ। पोखरेलको गाडीमा सामान्य क्षति पुगेको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री भट्टको स्वकीय सचिव मिनबहादुर सिंह चढेर आएको एक संस्थानको गाडीको पछाडि भागमा भने पूर्ण क्षति पुगेको हो ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close