Home > मौसम > आजको मौसम:आंशिकदेखि सामान्य बदली

आजको मौसम:आंशिकदेखि सामान्य बदली

मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) को मौसम पूर्वानुमान जारी गरेको छ। उल्लेखनीय मौसमी प्रणाली नरहे पनि स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू–भाग र प्रदेश २ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ । देशका अरु क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार दिउँसो देशभर पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशभर पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *